वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल

 

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचा पत्र पूरा हुनेगरी आफूहरुले काम गर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएको मन्त्री पोखरेलले पार्टीले सार्वजनिक गरेको वाचापत्रमा सय वटा प्रतिवद्धता रहेको स्मरण गराउँदै सरकारले सोही वाचा पूरा गर्नेगरी काममा केन्द्रित हुने योजना बनाएको समेत स्पष्ट पार्नुभयो । नवनियुक्ती मन्त्री पोखरेलले जनताले निर्वाचनमा दिएको मतले आफूहरुलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोहीअनुसार काम गर्ने पनि बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा नतिजा, उपलब्धि र पूर्वाधार क्षेत्रको विकासमा जोड दिएर अघि बढने संकल्प समेत गर्नुभयो ।

नवनियुक्त मन्त्री पोखरेलले भन्नुभयो,‘हामी एकदमै के कुरामा सम्वेदनशील छौँ भने हामीलाई जुन किसिमको मत प्राप्त भएको छ मतदाताहरुबाट । त्यो मतप्रति हामी निकै नै संवेदनशील छौँ । हामीले त्यसलाई एकदमै जिम्मेवारी बोधको हिसावले लिएका छौँ । हाम्रो अब ५ वर्षको उद्देश्य भनेको हरेक मन्त्रालयबाट हाम्रो पार्टीमा भएको वाचा पत्रमा भएको सय वटा बाचाहरु पूरा गर्नु हो । त्यसका लागि पार्टीमा भएको बाचा अनुसार सबै मन्त्रालयमा हामी त्यही अनुसार काम गर्छौं ।’

मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकासमा पनि पूर्वाधार विकासमा जोड दिएर अघि बढ्ने बताउनु भयो ।

#EducationMinister #Pokharel #Commitment #Education #NepalPolitics #Breaking #NepalNews #Update #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages