आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी शुरुवात

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी शुरुवात गरेको छ ।

शनिबार यस सिजनको आइपिएलको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १५.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ६९ रन बनाएका थिए भने देवदत्त पाडिकलले ६१ र कप्तान रजत पाटीदारले ३१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले इशान किशनको ८० र अनिकेत बर्माको ४३ रनको सहयोगले २० ओभरमा ९ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्सले यस सिजनमा विजयी शुरुवात गरेको छ । आइपिएल अन्तर्गत अब भोली मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच हुदैछ ।

#IPL #RCB #RoyalChallengers #Bangalore #Victory #WinningStart #Cricket #IPL2026 #MatchWin #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages