श्रीमान सम्राट दाहालसँग ठाकठुक परेपछि आवेगमा मुम्बई हानिएकी अभिनेत्री मनिषा कोइराला टेन्सनमा हो वा अन्य केही कारण हो नियमित भन्दा धेरै रक्सी पिई झ्याप भएर आफै सम्हालिन नसक्कने अवस्थामा पुग्न थालेकि छिन् । यसक्रममा केही दिन यता मुम्बई रहेकी मनिषालाई रक्सीको नशामा मातिएका खबरहरु बाहिर आउन थालेका छन । कलिउडकी नायिका मनिषा श्रीमानसँग डिभोर्स गर्ने निधो गर्दै केही समयअघि मुम्बइ हानिएकी थिइन् । मुम्बइ पुगेको केहीदिनपछि उनले आफ्ना पूराना साथीभाइलाई जम्मा पारी आफु लोग्नेसँग सम्बन्ध विच्छेद गर्ने अन्तिम तयारीमा पुगेको खुलासा मात्र गरिनन् फेरी बलिउडमा फर्किन चाहेको इच्छा समेत जाहेर गरेकी थिइन् । त्यसपछि मनिषाले मुम्बइमा के गरिरहेकी थिइन् भन्ने बारेमा थाहा पाइएको थिएन । भू पु मायालु प्रशान्त चौधरीको रेस्टुरेन्ट उद्घाटनमा पुगेकी मनिषा होशै सम्हाल्न नसक्ने गरी रक्सी पिएकी र उनलाई घर सम्म पनि जान सक्ने अवस्था नभएको हुँदा अरुले लगिदिएको समाचारले उनका प्रसंशकहरु दुखि भएको खबर सार्वजनिक भएका थिए । पछिल्लो समयमा मनिशामा रक्सी पिउने आदत बढेर गएको छ । उनको जिन्दगीमा बढ्दै गएको निराशा र हैरानी नै यसको कारण भएको अनुमान छ । पति सम्राटसँग खटपट र अहिले उनले पति सँग डिभोर्स दिन चाहेको समाचार बाहिर आएको छ । रेस्टुरेन्टमा मातिएको यो घटना भएको केही दिन अगाडी उनि एउटा कला प्रदर्शनीमा सहभागी हुँदा पनि संचार कर्मीहरु संग कुरा गर्दा नशाले चुर भएको अवस्थामा फेला परेकी थिईन
Manisha Koirala Found Drunk Manisha Koirala At An Art Exhibition