युक्रेनी सेना डोनबास क्षेत्रबाट फिर्ता हुनुपर्ने क्रेमलिनको भनाइ

 

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबास क्षेत्रबाट आफ्ना सेनाहरू फिर्ता बोलाउनुपर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । प्रवक्ता पेस्कोभले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहिले पनि उल्लेख गरेझैं जेलेन्स्कीले जिम्मेवारी बहन गर्दै यो कठिन निर्णय लिनुपर्ने बताउनु भयो । यसो गर्दा ठूलो संख्यामा मानिसहरूको ज्यान जोगाउन सकिने उहाँको भनाइ छ।

यद्यपि रुस, संयुक्त राज्य अमेरिका र युक्रेनबीचको त्रिपक्षीय वार्तामा आएको अवरोध डोनबासमा युक्रेनी सशस्त्र बलको मुद्दासँग सम्बन्धित नरहेको पनि पेस्कोभले स्पष्ट पारेका छन् ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले लुहान्स्क क्षेत्रमा रुसी सेनाले पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ । मन्त्रालयकाअनुसार खार्किभ क्षेत्रको वेर्खन्याया पिसाारेभका र जापोरिझिया क्षेत्रको बोइकोभो लगायतका बस्तीहरूलाई पनि रुसी सेनाले पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।

#Ukraine #Donbas #Russia #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages