

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछन् । आज कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । कोलकताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

कोलकोता र सनराइजर्स दुवैले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । कोलकोताले मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो भने सनराइजर्स हैदरावाद रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो । पहिलो खेल हारेकाले दुवैका लागि यस खेलमा जित निकाल्ने दबाब हुने छ ।
दुवै टिमका सम्भावित प्लेइङ ११:
कोलकाता नाइट राइडर्स: १ फिन एलेन*, २ अजिंक्य रहाणे (कप्तान), ३ क्यामरन ग्रीन*, ४ अङ्क्रिश रघुवंशी (विकेटकीपर), ५ रिंकु सिंह, ६ रमनदीप सिंह, ७ अनुकुल रोय, ८ सुनिल नारायण*, ९ वैभव अरोरा, १० बृहन्ना चराबराब, ११, बृहस्पति, १२ कार्तिक त्यागी
सनराइजर्स हैदरावाद: १ अभिषेक शर्मा, २ ट्राभिस हेड*, ३ इशान किशन (कप्तान र विकेटकीपर), ४ हेनरिक क्लासेन*, ५ नितिश कुमार रेड्डी, ६ अनिकेत वर्मा, ७ सलिल अरोरा, ८ हर्ष दुबे, ९ इशान मालिंगा/लियाम लिभिङस्टोन*, १० डेभिड पाने, ११ हर्षल पटेल, १२ जयदेव उनाडकट ।
#IPL #KKRvsSRH #Cricket #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



