संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन

 

स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भुमिका सतापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताउनुभएको छ ।  बिहीवार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताउनु भयो । उहाँले सासंदमा आफू अरु सांसद भन्दा फरक रहेको बताउनु भयो । बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको भन्दा आफ्नो पृथक रहेको उहाँको भनाई छ । उहाँले आफू कहिल्यै सांसद हुने कल्पना नगरेपनि जेन–जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेद्वार बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म एउटा अचम्मको सांसदको रुपमा यहाँ आएको छु । किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ । काम गर्ने तरिका पनि फरक छ, सबै कुरा फरक छ । म प्रायः सबैसँग मिल्दिन । म आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगे भनेर भन्न चाहन्छु । म अमेरिका पढेर २०४९ साल भदौमा आएको, अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो, एउटा झोला बोकेर पूर्णकालिन समाजवेशीको रुपमा काम गरिरहेको छ । म राजनिति गर्ने राजनितिज्ञ होईन । म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु । सदनमा मेरो भुमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार हुने कुनै रहर थिएन, मैले सोचेको पनि थिएन ।’

उहाँले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि किताब बेचिरहेको मान्छे मन्त्री बनेको बताउनु भयो । शिक्षामन्त्री बनेपछि शिक्षा क्षेत्रमा भएका अनेकौँ समस्याहरु, चरम राजनीतिकरण र विकृति देखेकोले त्यसलाई सुधार गर्नको लागी प्रयास गरेको उहाँको भनाई छ । विद्यालय, कलेज र विश्वविधालयहरुमा शैक्षिक वातावरण बनाउन ३ वटा विधेयकको मस्यौदा र चार वटा नियमावली बनाएर तयार पारिएको उहाँले जानकारी दिनुभयो । तत्कालिन सरकारले अध्यादेश ल्याउन नमिलेको कारण रोकिएको र ती अध्यादेश तथा नियमावली प्रधानमन्त्री कार्यलयमा आफूले बुझाएको पनि जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारको लागि आफूले तयार पारेको विधेयकहरु ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

#MahabirPun #Parliament #Neutral #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages