होर्मुज मार्ग रुसका लागि खुला !

 

काठमाडौँ । रसियाले होर्मुज मार्ग रुसका लागि खुला रहेको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक नजिकका सहयोगीले अधिकांश जहाजका लागि यो मार्ग लगभग बन्दजस्तै भए पनि रुसले भने आवागमन गर्न सकिरहेको दाबी गरेका हुन्।

ad

रुसी सरकारी सञ्चार माध्यमका अनुसार क्रेमलिनका सहयोगी युरी उशाकोभले होर्मुज मार्ग रुसका लागि प्रयोगयोग्य रहेको बताएका छन् । अन्य धेरै देशका जहाज भने उक्त क्षेत्रमा अवरोधका कारण अलपत्र परिरहेका छन् ।

अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार हाल करिब दुई हजार जहाज फारस खाडी क्षेत्रमै अड्किएका छन् । तर इरान, चीन, भारत र पाकिस्तानसँग सम्बन्धित केही जहाज भने सोही मार्गबाट आवागमन गर्न सफल भएका छन् ।

उशाकोभको यो अभिव्यक्ति इरान र रुसका विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको समयमै आएको हो । रुसको विदेश मन्त्रालयका अनुसार दुवै पक्षले संयुक्त राष्ट्र सुरक्षा परिषदमा होर्मुज क्षेत्रमा सुरक्षित आवागमन सुनिश्चित गर्ने उपायबारे चलिरहेको छलफलमा आफ्ना धारणा आदानप्रदान गरेका छन् ।

#होर्मुजमार्ग #रुस #अन्तर्राष्ट्रियसमाचार #राजनीति #विश्वसमाचार #NepalNews #Russia #Hormuz #GlobalNews #Geopolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages