उत्तर–पश्चिम पाकिस्तानमा प्रहरी चौकी नजिकै भएको विस्फोटमा ५ जनाको मृत्यु

 

पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक प्रहरी चौकी नजिकै भएको विस्फोटमा पाँच सर्वसाधारणको मृत्यु भएको छ । दुई प्रहरी कर्मचारीसहित अन्य धेरै घाइते भएका छन् ।

Nepal life insurance

बन्नु जिल्लाको एक प्रहरी चौकीको पछाडिको पर्खालमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्किएपछि विस्फोट भएको स्थानीय प्रहरी स्रोतले बताएको छ । शक्तिशाली विस्फोटका कारण प्रहरी चौकीको पर्खाल भत्किएको र भवनभित्रका झ्यालका सिसा फुटेको स्रोतले जनाएको छ ।

विस्फोटपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो भने ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेर क्लियरेन्स अपरेसन शुरु गरेको थियो । स्रोतकाअनुसार विस्फोटमा नजिकैका घरहरूमा पनि क्षति पुगेको छ ।

जसका कारण सर्वसाधारणको हताहती भएको छ । घाइते र मृतकको शवलाई बन्नुको स्थानीय अस्पतालमा लगिएको छ । यस आक्रमणको तत्काल कुनैपनि समूहले जिम्मेवारी लिएको छैन, यद्यपि प्रहरीले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित लडाकुहरू यस क्षेत्रमा सक्रिय रहेको बताएको छ ।

#Pakistan #Explosion #BreakingNews #WorldNews #TerrorAttack #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages