अर्घाखाँचीमा भूपू सैनिक सम्मेलन सम्पन्न (तस्बिर सहित)

 

-डिआरजी सुमन \रुद्रमणि भुसाल , अर्घाखाँची।

अर्घाखाँची , चैत्र २२ –  अर्घाखाँचीको वीरभद्रजङ गुल्म, म्यालपोखरी ब्यारेकको आयोजनामा भूपू सैनिक सम्मेलन एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

May be an image of one or more people and temple

सम्मेलनमा जिल्लाभरिका १ सय २२ जना भूपू सैनिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी भूपू सैनिकहरूले पेन्सिन प्राप्तिका लागि आवश्यक कागजात, विविध समस्या र चुनौतीबारे धारणा राखेका थिए। साथै ती समस्याहरूको समाधानका सम्भावित उपायहरूबारे पनि छलफल गरिएको वीरभद्रजंग गुल्म अर्घाखाँचीका प्रमुख सेनानी रिक्कि पाण्डेले जानकारी दिए।

May be an image of one or more people and dais

कार्यक्रमका क्रममा भूपू सैनिकहरूलाई सम्मानस्वरूप एक–एक थान कम्मल र तीन थान व्हीलचेयर वितरण गरिएको थियो। यसले विशेषगरी जेष्ठ नागरिक भूपू सैनिकहरूलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

May be an image of one or more people and templeimages

लुम्बिनी प्रदेशका प्रितना प्रतिनिधि सेनानी वीरेन्द्रबहादुर सिंहले भूपू सैनिकहरूले आफ्नो उर्वर शक्ति देशको सेवा र सुरक्षामा समर्पण गरेको उल्लेख गर्दै उनीहरूको अनुभव, सिप र ज्ञान अमूल्य सम्पत्ति भएको बताए। उनले भूपू सैनिकहरूबाट प्राप्त अनुभवलाई नेपाली सेनाले अझ प्रभावकारी रूपमा अनुसरण र उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।

May be an image of one or more people and temple

कार्यक्रममा भूपू सैनिकहरूको सम्मान, उनीहरूको हकहितको संरक्षण तथा उनीहरूलाई समाजमा सक्रिय बनाउने विषयमा समेत जोड दिइएको थियो।

May be an image of one or more people

आयोजक पक्षले यस्ता सम्मेलनले भूपू सैनिक र संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

तस्वीर : डिआरजी सुमन, अर्घाखाँची डटकम्

May be an image of temple, dais and text

May be an image of text

May be an image of text

No photo description available.

May be an image of table

May be an image of temple and text

May be an image of temple and text

May be an image of one or more people, dais and text

May be an image of one or more people

May be an image of dais and text that says "गीरमद्रत भूतपूर्व सैनिक"

May be an image of newsroom, dais and text

May be an image of one or more people

May be an image of text that says "FS 業 栗 P04 ๑0บุ 국국제품) LIUI ေမ गीरमद्रजड ምሽ भूतपर्व सैनिक सम्मेलन"

May be an image of dais, newsroom, temple and text

May be an image of one or more people

May be an image of dais and text that says "MmMTO वीरद्रज VT 美蛋に भतपरव सेनिक. सैनिक ल्म"

May be an image of one or more people and dais

#Arghakhanchi #ExArmy #Conference #122Veterans #PensionIssues #Discussion #Respect #Kammal #Wheelchair #SeniorCitizens #BiratBhadraJung #Myalpokhari #Army #VeteranWelfare #DRGSuman #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages