आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु अपराजित, चेन्नईको लगातार तेस्रो हार

 

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको हो ।

रोयल च्यालेन्जर्सले दिएको २५१ रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो । चेन्नईका लागि सरफराज खानले २५ बलमा ५० रन बनाएका थिए भने प्रशान्त वीरले ४३ र जामी ओभरटनले ३७ रन बनाएका थिए ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए भने ज्याकब डफी, अभिनन्दन सिंह र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाएर २५० रन बनाएको थियो । बैंगलुरुका लागि टिम डेभिडले सर्बाधिक ७० रन बनाएका थिए भने देवदत्त पाडिकलले ५०, कप्तान रजत पाटीदारले ४८, फिल साल्टले ४६ र विराट कोहलीले २८ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।

#IPL #IPL2026 #RCB #CSK #RoyalChallengersBangalore #ChennaiSuperKings #IPLNews #CricketNews #T20Cricket #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages