ढाकावाङ्ग–रुपन्देही समाजद्वारा बुटवलमा नववर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

 

-टेकराज भुसाल,

बुटवल ।  अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले सोमबार बुटवलमा नववर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले गर्नुभएको थियो। उद्घाटन गर्दै बेलवासेले यस्ता कार्यक्रमले आपसी सम्बन्ध सुदृढ गर्दै समाजलाई अझ एकताबद्ध बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

साथै, उहाँले नववर्ष २०८३ सालले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै समाजका सबै सदस्यहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार ढुण्डिराज खनाल, शैक्षिक व्यक्तित्व रामकृष्ण घिमिरेले मन्तव्य राख्दै समाजले सामाजिक एकता र सेवा भावलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

स्वागत मन्त्वय राख्दै  कार्यक्रम संयाेजक टेकराज भुसालले संस्थाले संचालन गरेका कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नो जन्मथलोसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी र दिगो कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालले विभिन्न पेशा, व्यवसाय तथा अध्ययनको सिलसिलामा रुपन्देहीमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई एकताबद्ध गर्दै समाजले हरेक वर्ष क्यालेन्डर प्रकाशनसँगै रक्तदान, सरसफाइ लगायतका रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले राजनीतिभन्दा माथि उठेर समाजलाई अझ सशक्त बनाउन सबै सदस्यहरूलाई एकजुट भई अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणप्रसाद भुसाल (बाबु) ले गर्नुभएको थियो।

 

Nepal life insuranceimagesimagesimages