आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, युरो, पाउन्ड, र बहराइन दिनार महँगिँदा सस्तियो अमेरिकी डलर

 

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती दिनारसहितका कतिपय विदेशी मुद्राको  विनिमयदर विनिमयदर घटेको छ।

तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर भने बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा छ। गएका तीन दिनस्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा थियो।

यही चैत १८ गते अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा थियो।

images

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ०७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३० पैसा थियो।

images

आज बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ७६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

images

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#आजकोविनिमयदर #विदेशीमुद्रा #डॉलर #युरो #पाउन्ड #अस्ट्रेलियनडलर #बहराइनदिनार #नेपालराष्ट्रबैंक #ForexUpdate #NepalForex #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insurance

Nepal life insuranceimagesimagesimages