इरानविरुद्धका सैन्य लक्ष्यहरू धेरै हदसम्म पूरा भएको अमेरिकाको भनाइ

 

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मंगलवार अमेरिकाले इरानविरुद्धका आफ्ना सैन्य उद्देश्यहरू धेरै हदसम्म प्राप्त गरिसकेको बताउनुभएको छ । साथै उहाँले तेहरानलाई वार्तामा आउन वा थप आर्थिक संकटको सामना गर्न तयार रहन चेतावनी दिँदै वार्ताका लागि समय घर्किँदै गएको उल्लेख गर्नुभयो ।

बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भान्सले इरानको हतियार उत्पादन क्षमतालाई नियन्त्रण गर्ने प्रयास वासिङ्टनले जारी राख्ने बताउनु भयो ।

Nepal life insurance

भान्सले अमेरिकी सेनाले इरानको खार्ग टापुस्थित सैन्य लक्ष्यहरूमा आक्रमण गरेको पुष्टि गर्नुभयो । यद्यपि पहिले नै तय गरिएको समयसीमा अनुरूप ऊर्जा पूर्वाधारहरूलाई भने लक्षित नगरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले अमेरिकाले तेहरानलाई वार्ताका लागि जवाफ दिन अमेरिकी पूर्वी समय अनुसार राती ८ बजेसम्मको समयसीमा तोकेको जानकारी दिनुभयो । जसले इरानलाई प्रतिक्रिया दिन करिब १२ घण्टाको समय दिन्छ ।

द्विपक्षीय सम्बन्धका बारेमा बोल्दै भान्सले अमेरिकाले हंगेरीसँग विशेष गरी ऊर्जा सुरक्षा र स्वतन्त्रताका क्षेत्रमा बलियो सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

उहाँले हंगेरीको नीतिगत निर्णयहरूलाई लिएर ब्रसेल्सका युरोक्रेट्सबाट आएको दबाबको आलोचना गर्दै वासिङ्टनले बुडापेस्टसँग सहयोगका विभिन्न माध्यमहरू कायम राखेको बताउनु भयो । भान्सले पश्चिमी युरोपेली देशहरूको ऊर्जा नीतिको दृष्टिकोणमाथि पनि प्रश्न उठाउनुभयो। केही नेताहरूले ऊर्जा संकटको कुरा गरे पनि हंगेरीको रणनीतिको समर्थन नगरेको उहाँले उल्लेख गर्नुभयो । हंगेरीले ऊर्जाको मूल्य पश्चिमी युरोपका केही भागहरूको तुलनामा न्युन राख्न सफल भएको उहाँको दाबी थियो । रुसी ऊर्जामाथिको निर्भरता कम गर्ने युरोपेली संघको व्यापक प्रयासका बाबजुद हंगेरीले आफ्नो आर्थिक मोडलको हिस्साको रूपमा तुलनात्मक रूपमा सस्तो रुसी खनिज इन्धनको पहुँच कायम राख्नुपर्ने वकालत गर्दै आएको छ । भान्सले अमेरिका युरोपको दीर्घकालीन सफलता र ऊर्जा स्वतन्त्रताको पक्षमा रहेको बताउँदै हंगेरीको नीतिगत दिशाले महाद्वीपभरिको ऊर्जा सुरक्षालाई सुदृढ बनाउन योगदान पु¥याउने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओर्बानले हंगेरी र अमेरिकाबीचको आर्थिक सम्बन्ध सुदृढ भएको बताउँदै व्यापार वृद्धि र अमेरिकी कम्पनीहरूद्वारा हालै गरिएका लगानीका घोषणाहरूलाई उद्धृत गर्नुभयो । उहाँले अन्तरिक्ष र रक्षा उद्योग जस्ता क्षेत्रमा पनि सहयोग विस्तार भएको थप्नुभयो । ऊर्जाका सन्दर्भमा ओर्बानले युरोप गहिरो ऊर्जा संकटको सामना गरिरहेको चेतावनी दिनुभयो, जहाँ मूल्य वृद्धि र तेल तथा ग्यासको सम्भावित अभाव देखिएको छ ।

उहाँले हंगेरीको ऊर्जा सुरक्षा सुनिश्चित गर्न यस क्षेत्रमा अमेरिका–हंगेरी सहयोग महत्वपूर्ण रहेको बताउनु भयो । युक्रेनको सवालमा ओर्बानले शान्ति प्रयासका लागि हंगेरीको समर्थन दोहो¥याउँदै आफ्नो देश केही वर्षदेखि युद्धको छायामा बाँचिरहेको बताउनु भयो । उहाँले कुटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै जारी शान्ति पहलहरूमा प्रगतिको आह्वान गर्नुभयो ।

#अमेरिका #इरान #सैन्यकारवाही #MilitaryStrike #MiddleEastTension #InternationalNews #WorldNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages