उपभोक्ता र विद्यार्थीहरुद्धारा ग्यास विक्रेता र डिलरहरुमा छापा मार्ने क्रम तीब्र

बजारमा खाना पकाउने ग्यासको चरम अभाव भएपछि उपभोक्ता र विद्यार्थीहरुले ग्यास विक्रेता र डिलरहरुमा छापा मार्ने क्रम तीब्र पारेका छन् ।

 

उपभोक्ता र विद्यार्थीले ग्यासका सिलिण्डर बोकेका गाडी फेला पार्नासाथ कब्जा गर्न थालेपछि ग्यास ब्यवसायी र बिक्रेताहरुले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटेर सुरक्षा मागेका छन् ।

 

 प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छलफलमा बजारमा खाना पकाउने ग्यासको सहज आपुर्ति र ग्यास बोक्ने गाडीहरुको सुरक्षा ब्यवस्था मिलाउने बारेमा छलफल भईरहेको बुझिएको छ । हिजो भक्तपुरका स्थानीय बासिन्दाले तीन वटा गाडीमा लादिएको ग्यास कब्जामा लिएर बिक्री गरेका थिए ।

 

मूल्यबृद्धि विरुद्ध आन्दोलन विद्यार्थीहरुले बजारमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको कालो बजारी भएको भन्दै आजैदेखि छापा मार्न थालेका छन् ।