पार्टी कार्यकर्ता आचार्यसँग वैवाहिक सम्बन्ध जुराउन पोलिटव्यूरो सदस्य हरिबोल गजुरेल लगायतले पहल गरेका थिए।
नयाँ निवास लाजिम्पाटमा केही आफ्ना निकट स्थायी र पोलिटव्यूरो सदस्यहरूको उपस्थितिमा जीवन र गंगाको विवाह भएको हो। ‘हाम्रो पहल र इन्टरनेट सम्पर्कबाट विवाह भएको हो। विराटनगरका जीवन पढ्ने र आफ्नै सानो पेसा छ’, गजुरेलले भने।
तेह्र वर्षअघि भारतको सिलिगुडीस्थित नारायण प्रधानसँग विवाह गरेकी गंगाले गत मंसीरमा सम्बन्ध विच्छेद गरेकी थिइन्। गंगाको एक छोरी छन्। गंगाको छोरी स्मृतिले राष्ट्रवादी बाल गीतको एल्बमसमेत निकालेकी छन्।



