अर्घाखाँचीमा दशौ स्वास्थ्य बीमा दिवस विशेष कार्यक्रम सहित सम्पन्न (तस्बिर सहित )

 

-अनिल नेपाली , अर्घाखाँची डट्कम।

अर्घाखाँचीमा स्वास्थ्य बीमा दिवस विशेष कार्यक्रम भव्य रूपमा मनाइएको छ।

May be an image of one or more people, dais and text

स्वास्थ्य बीमा बोर्ड अर्घाखाँची शाखा कार्यालयको आयोजना तथा “सबै नागरिकको स्वास्थ्य बीमामा सहभागीता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता” भन्ने नाराका साथ आज सन्धिखर्कमा कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people, dais and text

कार्यक्रमको प्रमुख आतिथ्य सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले गर्नु भएको थियो। श्रेष्ठले बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै तह, निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनु हुँदै भने:

“आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस्। बीमा सबैको साझा रहेकाले यसको प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्छ।”

कार्यक्रममा जिल्ला अस्पताल प्रमुख डा. जगनाथ तिवारी, बीमा बोर्ड प्रमुख राम बहादुर थापा, दर्ता अधिकारी युबराज गैरे लगायतले मन्तव्य राख्नुभएको थियो।

May be an image of one or more people, flute and text

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षता, बीमा अधिकारी सुभाष पौडेलको सञ्चालन र दर्ता अधिकारी राधा अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

 तथ्यांक

  • अर्घाखाँची जिल्लामा बीमामा आबद्ध: ६५%
  • नयाँ बीमित परिवार (२०८१/८२): ६,५१७
  • नविकरण गर्ने परिवार: २,४६९
  • लक्षित परिवार: १५,०५८
  • अन्य योगदान दिने परिवार: ७,४७१
  • कुल बिमित परिवार: २२,५४९
  • सेवा लिने बीमित नयाँ/फ्लो अप: ९,४९९/७०,४६६

पालिका अनुसार बीमा सहभागीता:

  • छत्रदेव: ९३%
  • सन्धिखर्क: ६५%
  • शीतगंगा: ५४%
  • पाणिनी: ८६%
  • मालारानी: ५६%
  • भुमिकास्थान: ४९%

कार्यक्रममा उत्कृष्ट काम गर्ने छत्रदेव ७ का नेत्र प्रसाद पाण्डे, सन्धिखर्क १ कि लक्ष्मी भुसाल, र भुम्पा ९ की रचना मरासिनी लाई सम्मान गरिएको थियो।

May be an image of one or more people, flute and text

बीमा बोर्ड प्रमुख राम बहादुर थापाले अर्घाखाँचीमा हालसम्म करिव रु. ४ करोड भुक्तानी बाँकी रहेको र आर्थिक वर्ष २०८२ फागुन मसान्तसम्म रु. १६,००,१३,१२५ प्रिमियम रकम सङ्कलन भएको जानकारी दिनुभयो।

May be an image of one or more people, dais and text

“सुरक्षित स्वास्थ्य सेवा सबैको अधिकार हो, बीमामा सहभागी भएर सुरक्षित र स्वस्थ भविष्य सुनिश्चित गर्नुहोस्।”

May be an image of ‎one or more people, dais and ‎text that says "‎तपाईको स्वास्थ्य लणाकीस्ार्थय.हाम्रोअठोट स्वास्थ्य.हाम्रो हाम्रो अठोट राज्यको लगानी, नागरिकको योगदान स्वास्थ्य बीमा सामग अभियान तजाडको स्वाद्शन हारी अठोट दशी स्वास्शय तीमा दिवस शप वेत्र २०८ राज्यको लमानी मामरिकको योगदान ל)ו JH ஈவிச जिन्कलल 4 बोधाल ROR स्वास्थ्य स्ीमा बोड जिल्ला कमचीलय अर्धरवी मरजर f मीजत Dowe 2 nalena‎"‎‎

#स्वास्थ्यबीमा #सुरक्षितभविष्य #अर्घाखाँची #सन्धिखर्क #बीमाप्रवर्द्धन #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages