

तेहरानस्थित शरीफ युनिभर्सिटी अफ टेक्नोलोजी अमेरिका–इजरायली आक्रमणमा ध्वस्त भएको छ । यो इरानको शिर्ष विश्वविद्यालय समेत हो । इरानले यी आक्रमणहरूको निन्दा गर्दै नागरिक र वैज्ञानिक सुविधाहरूलाई जानाजानी निशाना बनाइएको बताएको छ । यसलाई युद्ध अपराधको स्पष्ट उदाहरण भनेको छ ।

हवाई आक्रमणले सूचना प्रविधि केन्द्रको भवन र शैक्षिक केन्द्रको मस्जिद नजिकै रहेको ग्यास सबस्टेशनमा ठूलो क्षति पु¥याएको छ ।

इरानका विज्ञान, अनुसन्धान र प्रविधि मन्त्रीकाअनुसार फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायली आक्रमण शुरु भएदेखि ३० भन्दा बढी इरानी विश्वविद्यालयहरूमा प्रत्यक्ष आक्रमण भइसकेको छ ।
#इरान #अमेरिका #इजरायल #विश्वविद्यालय #अन्तर्राष्ट्रियसमाचार #MiddleEastCrisis #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



