

प्यालेस्टाइनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार बुधवार गाजा सिटीमा इजरायली हवाई आक्रमणका दुई छुट्टाछुट्टै घटनामा एक पत्रकारसहित चार प्यालेस्टाइनी मारिएका छन् । गाजा नागरिक रक्षाले एक संक्षिप्त विज्ञप्तिमा पश्चिमी गाजा सिटीको रसिद स्ट्रिटमा एक नागरिक सवारी साधनलाई निशाना बनाएपछि यसका टोलीहरूले दुईवटा शव फेला पारेका बताएका छन् ।

प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले मृतकहरूमध्ये एक पत्रकार मोहम्मद विसाह रहेको बताएका छन् । जसले दोहास्थित सार्वजनिक मामिला टेलिभिजन नेटवर्क अल जजीरा मुबासेरका लागि काम गर्दथे ।

अल जजीराले पछि आफ्ना पत्रकार विसाहको मृत्युको पुष्टि ग¥यो । अर्को घटनामा गाजा सिटीको जेतुन छिमेकको पूर्वमा रहेको कुवेत राउन्डअबाउट नजिकै नागरिकहरूको भेलामा इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टाइनी मारिएका थिए । इजरायली सेनाले यी दुई घटनाबारे कुनै टिप्पणी गरेको छैन । छुट्टै रूपमा, इजरायल रक्षा बलले बुधवार एक विज्ञप्तिमा भन्यो कि उसले सोमवार हमासमा विस्फोटक उपकरणहरू इन्जिनियरिङ र उत्पादन गर्ने विशेषज्ञ मोहम्मद दावादलाई आक्रमण गरी समाप्त गरेको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार भनेका छन् कि अक्टोबर २०२५ मा युद्धविराम लागू भएदेखि मृत्यु हुनेको संख्या ७ सय ३६ पुगेको छ र २ हजार ३५ घाइते भएका छन् जसले अक्टोबर ७, २०२३ देखि कुल हताहतको संख्या ७२ हजार ३ सय १५ मृत्यु र १ लाख ७२ हजार १३७ घाइते बनाएको छ ।
#गाजा #इजरायल #प्यालेस्टाइन #पत्रकार #अन्तर्राष्ट्रियसमाचार #Gaza #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



