

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताउनुभएको छ । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्नुभयो ।

इरानलाई जसरी पनि जित्ने उहाँको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेका बताउनु भयो । सायद पानीमा केही माइनहरू बाँकी रहेको उहाँको भनाइ छ ।
अमेरिकाका माइन स्वीपरहरू त्यहाँ रहेको बताउनु भयो ।



