क्युवामाथि अमेरिकी नाकाबन्दी विरुद्ध रोममा सयौंको प्रदर्शन

 

शनिवार इटालीको राजधानी रोममा सयौं मानिसहरू सडकमा उत्रिएर क्युवाली जनताप्रति ऐक्यवद्धता जनाएका छन् । क्युवा हाल गम्भीर ऊर्जा संकट र दशकौंदेखिको अमेरिकी आर्थिक नाकाबन्दीको चपेटामा छ ।

प्रदर्शनकारीहरूले ऐतिहासिक कोलोसियमबाट पियाजाले ओस्टिएन्सेसम्म मार्च गरेका थिए ।

उनीहरूले ‘क्युवा एक्लो छैन’ र ‘क्युवा विरुद्धको अमेरिकी नाकाबन्दी बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । मार्चका क्रममा क्युवाली झण्डाहरू फहराउँदै अमेरिकी नीतिको कडा निन्दा गरिएको थियो ।

#क्युबा #अमेरिका #नाकाबन्दी #रोम #प्रदर्शन #InternationalNews #Protest #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages