

रुसी विदेश मन्त्रालयले शुक्रवार अमेरिका र इरानबीचको वार्ताका सहभागीहरूलाई जिम्मेवार दृष्टिकोण अपनाउन र शान्तिको सम्भावनालाई कमजोर पार्ने खालका गतिविधिहरू नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फारसको खाडीमा व्याप्त तनाव समाधान गर्ने अवसर सिर्जना भएको उल्लेख गरेको छ । धेरैजसो देशहरूले यस प्रक्रियालाई समर्थन गरेको र इस्लामावाद वार्ता सफल हुने अपेक्षा गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले शान्ति प्रक्रियामा अवरोध पु¥याउने र बाधा खडा गर्ने शक्तिहरूप्रति चेतावनी दिएको छ । यसमा इरानविरुद्ध आक्रामकता फैलाउने र पछि हर्मुज जलसन्धिमार्फत हुने जहाज ढुवानीमा अवरोध आएको भन्दै तेहरानलाई दोष लगाउने पक्षहरू सामेल रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

विज्ञप्तिमा वर्तमान चरणमा द्वन्द्वको मुख्य कारणहरूलाई सम्बोधन गर्नु नै प्राथमिकता रहेको बताइएको छ । रुसले अमेरिका र इजरायलद्वारा सुरु गरिएको युद्ध अन्त्य गर्न तथा लेबनान–इजरायल सीमा क्षेत्रमा भइरहेको भिडन्त र लेबनानमा भइरहेका हवाई आक्रमणहरू तत्काल रोक्न समेत आह्वान गरेको छ ।
#इरान #रुस #वार्ता #कूटनीति #अन्तर्राष्ट्रियसमाचार #Iran #Russia #Diplomacy #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



