

काठमाडौँ । होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका र इरानबीच बयानबाजी तीव्र बनेको छ । ईरानका उपसभामुख हाजी बाबाईले उक्त समुद्री मार्ग इरानको नियन्त्रणमा रहेको दाबी गर्दै यसलाई तेहरानको ‘रेड लाइन’ भएको बताएका छन् ।
उनले होर्मुज भएर आवतजावत गर्ने जहाजहरूले ईरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने समेत बताएका छन् । यस अभिव्यक्तिले क्षेत्रीय तनाव अझ बढाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाउने काम भइरहेको दाबी गरेका थिए । उनले उक्त समुद्री मार्ग छिट्टै खुल्ने र अमेरिकी जहाजहरू सो मार्ग हुँदै पार भइसकेको बताएका थिए ।
तर केही समयमै ईरानले अमेरिकी दाबी अस्वीकार गर्दै त्यसलाई गलत जानकारी भनेको थियो । ईरानको रिभोल्युसनरी गार्ड्सले कुनै पनि सैन्य जहाजले उक्त क्षेत्र पार गर्ने प्रयास गरे कडा कारबाही गरिने चेतावनी दिएको थियो ।
यसैबीच, पाकिस्तानमा भएको अमेरिका-इरानबीचको २१ घण्टा लामो शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज जलडमरूमध्य खोल्ने विषय र आणविक कार्यक्रमका मुद्दामा दुवै पक्षबीच सहमति जुट्न नसकेको जनाइएको छ ।
#इरान #होर्मुज #मध्यपूर्व #कूटनीति #Iran #Hormuz #MiddleEast #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



