

काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा सनराइजर्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । सनराइजर्सले यसअघि कोलकोताविरुद्धको खेल जितेको थियो भने पञ्जाव, लखनउ र रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो ।
त्यस्तै राजस्थान रोयल्सले यसअघि खेलेका चारै खेलमा जित हासिल गरेको छ । राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु, मुम्बई इण्डियन्स, गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।



