वल्र्ड कपको तैयारीको लागि नेपाली कि्रकेट टिम मुम्बईमा

दिनमणी आर पाण्डे मुम्बई ।

 

बिसीसीआई तथा मुम्बई कि्रकेट असोसियनको मददतमा मुम्बईमा स्थित विभिन्न कल्बहरुसंग कि्रकेट म्याच खेल्नका लागि नेपालि राष्टिय कि्रकेट खिलाडीहरु २ अपि्रलको मुम्बई आईपुगेका छन् । अहिले आयोजना हुने कि्रकेट खेल मार्च २०१२ को हुने आइसिसि २० २० कि्रक्रेट वल्र्ड कपको तैकोयारीको लागि अनुभव बटुल्न हो । नेपाली कि्रकेट टिम ३ फरवरीदेखि  १२ फरवरीसम्म मुम्बईका विभिन्न जिमखाना तथा कल्बहरुसंग प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रतिसपर्धामा नेपाली कि्रकेट टोली जेएनपिटी नेरुल जिमखाना डिवाई पाटील सिसिएल इस्लामिक जिमखाना पुलिस जिमखाना दिलीप वेगंसरकर कि्रकेट एकेडमी तथा भिवण्डी ताल आदिसंग भिड्नेछन् ।


नेपालबाट यसरी मुम्बई आउने खेलाडीहरुमा कप्तान पारस खडका तथा उप कप्तान ज्ञानेन्द्र मल्लको साथ खेलाडीहरु अमृत भट्टराई मेहबुब आलम पारस लोहनी शरद वेसावकर अविनाश कर्ण पिथ्यु बास्कोटा बिनोद भण्डारी शक्ति गौचन अनिल अैर बसन्त रेग्मी चन्द्र साउद अनिल मण्डल तथा शुभाष खकुरेल रहेका छन् । यसैगरि टिम कोच पुबुद दशानायके सह कोच जगत तमटा तथा म्यानेर ए। अनिल तथा अरुण सत्पालपनि मुम्बई आएका छन् । यो सबै खेलको चाजोपाजो तथा बस्ने व्यवस्था पूर्व कि्रकेटर गोकुल बिष्टले मिलाएका छन् ।