– कृष्ण खनाल
बुटवल माघ २२ । बुटवल उद्योग वाणिज्य संघ बुटवल र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौको सयुक्त आयोजनमा बुटवलमा कृषी मेला २०६८ मा करिव १ करोड बराबरको कारोवार भएको छ । गत शनिबारबाट सचालित कृषी मेला शनिवार सकिएको छ ।
१ सय २५ वटा स्टलहरुको सहभागिता रहेको मेलाले करिव १ करोढ बरावरको कारोवार गरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले जनकारी दिनुभयो । शनिवार एक समारोहको आयोजना गरी मेलाको समापन गरिएको हो ।
मेलामा लुम्बिनी अाचलका सम्पुर्ण जिल्लाहरु लगाएत रोल्पा चितवन तथा सिन्धुलीबाट समेत विभिन्न कृषिजन्य बस्तुहरुको प्रर्दशन गरिएको थियो । मेला अवधिभर यस क्षत्रमै पहिलो पटक आयोजना गरिएको हेलिकप्टर उडानमा ४ सय ५० जना यात्रुले लुम्बिनी तथा बुटवल आसपासको अवलोकन गरेका थिए । समापन कार्यक्रममा प्रमुख आतिथि प्रमुख जिल्ला अधिकारी हरीकृष्ण पौडेलले कृषकको आर्थिक संमृद्धि तथा प्रगतीका लागि मेलाले महत्वपुर्ण भुमिका खेलेको धारणा राख्नुभएको थियो । उहाले समग्र कृषि क्षेत्रको विकास नभएसम्म देशको विकास नहुने बताउनु भयो ।
पुर्व सासद तथा बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुर्य प्रसाद प्रधानले कृषि मेलाले यस क्षेत्रमा साच्चीकै उदाहरणिय कार्य गरेको समेत बताउनु भयो । समारोहमा प्रहरी नायव निरीक्षक रविन्द्रनाथ रेग्मी संघका पुर्व अध्यक्ष अर्जुनमान शैजु बुटवल नगरपालीकाका प्रमुख यज्ञ प्रसाद भट्राई लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मेलामा सहभागि स्टलहरुबाट जिल्ला विकास समिती रुपन्देहीले प्रथम स्थान राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुर चितवनले द्धितिय र िसंमि्रक कृषि सहकारी संस्था लिमिटेडले तृतिय र आर के सप प्रसोधन जुम्लाले सान्त्वना स्थान प्राप्त गरेका छन । सर्वोत्कृष्ट स्टलको सम्मान मेला स्थलमानै कोलबाट उखु पेलेर अर्गानिक खुदो उत्पादन गरेको बुटवल ग्रीन प्यालेस र नवजागृती कृषि सहकारी संस्था थोर्गा गुल्मीले प्राप्त गरेका छन् ।
त्यस्तै सहभागि प्रबिधि तर्फको स्टलबाट बुटवलको गुप्ता नस्ररीले प्रथम चितवन केरा व्यवसायी संघले द्धितिय सामुदायिक अल्लो धागो रोल्पाले तृतिय र सिन्धुलीको जुनारले सान्त्वना स्थान प्राप्त गरेका छन् । भने बिशेष पुरस्कारबाट साना थोपा िसंचाइ परियोजनाको ढिकी पम्म बसन्ती अचार उद्योग आई डि यु नेपाल क्षेत्रीय कार्यालय हात पारेका छन् ।