इरान युद्धका कारण एशिया-प्रशान्त क्षेत्रमा २९९ अर्ब डलरको क्षति

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण एशिया-प्रशान्त क्षेत्रको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिएको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमको पछिल्लो प्रतिवेदनअनुसार यस क्षेत्रले ९७ अर्बदेखि २९९ अर्ब अमेरिकी डलरसम्मको क्षति व्यहोर्नुपर्ने आँकलन गरिएको छ ।

प्रतिवेदनका अनुसार यो क्षति क्षेत्रीय कुल गार्हस्थ उत्पादनको करिब ०.३ देखि ०.८ प्रतिशतसम्म हुन सक्छ । साथै विश्वभर करिब ३ करोड २० लाख मानिस गरिबीमा धकेलिन सक्ने खतरा रहेको र त्यसमध्ये झण्डै ८८ लाख एशिया-प्रशान्त क्षेत्रका हुने अनुमान गरिएको छ ।

तेल र ग्यासको मूल्य बढेसँगै यातायात, विद्युत् र खाद्य सामग्रीको लागत बढ्दै गएको छ । मध्यपूर्वबाट ऊर्जा आयातमा निर्भर एशियाली देशहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । एशिया विश्वकै प्रमुख उत्पादन केन्द्र भएकाले यहाँको आर्थिक सुस्तताले विश्व अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने चेतावनी प्रतिवेदनले दिएको छ।

 

May be an image of textNepal life insuranceimagesimagesimages