सुपादेउराली मन्दिरमा नयाँ वर्षको पहिलो दिन: ३५ हजारले गरे दर्शन, लुम्बिनी र गण्डकीबाट हजारौँ श्रद्धालु दर्शनार्थी (तस्बिर सहित )

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

अनिल नेपाली
देउराली, अर्घाखाँची

अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपादेउराली मन्दिरमा नयाँ वर्ष २०८३ को पहिलो दिन करिब ३५ हजार श्रद्धालु भक्तजनले दर्शन गरेका छन्।

May be an image of one or more people, crowd and temple

सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा ब. केसीका अनुसार आज बिहान ६ बजेदेखि पूजा–आराधना सुरु भएसँगै भक्तजनको भीड लागेको हो।

May be an image of one or more people, people smiling and text that says "र्ंनिंद् 자대이요/학 सेवा धर्म शाह प्रभाधित पिडने पनी 中瘦 Emet शद्ध प्रशो વિત્ો पाती PEOEOT का बहादूर थापाको जनामा थापा देब थापा ड्वारा दू पिडने पानी वितरण कार्यक्रम् 10009 AGK"

दिउँसो ३ बजेसम्म अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि भुसाल, लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खड्क बस्नेत, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले समेत दर्शन गर्नुभएको थियो।

May be an image of one or more people and text

आज लुम्बिनी प्रदेशका विभिन्न जिल्ला मात्र नभई छिमेकी गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट समेत श्रद्धालु भक्तजन भजन–कीर्तनसहित सुपादेउराली पुगेका थिए।

May be an image of one or more people, crowd and temple

स्थानीय कमल केसीका अनुसार सुपादेउराली मन्दिरमा भाकल गरेर मनले मागेको कुरा पूरा हुने धार्मिक विश्वास रहेकाले नयाँ वर्षमा यहाँ दर्शन गर्न आउने भक्तजनको संख्या वर्षेनि बढ्दै गएको छ।

May be an image of one or more people and temple

नयाँ वर्षको अवसरमा बिहानदेखि बेलुकासम्म दर्शनार्थीको घुइँचो लागेको थियो। भीड व्यवस्थापनमा स्वयंसेवक, सुरक्षाकर्मी तथा मन्दिर व्यवस्थापन समिति सक्रिय भएपछि आवतजावत सहज भएको जनाइएको छ।

May be an image of Fushimi Inari Taisha

मन्दिर व्यवस्थापन समितिले ट्राफिक व्यवस्थापन, हेल्प डेस्क, निःशुल्क पिउने पानी लगायतका सेवा सञ्चालन गरेको थियो। साथै, मन्दिरमा आउने भक्तजनमध्ये केही नरपानी क्षेत्रमा समेत घुम्न जाने गरेका छन्।

May be an image of one or more people, temple and crowd

स्थानीयका अनुसार अन्य दिनमा दैनिक करिब एक हजारको हाराहारीमा दर्शनार्थी आउने गर्दछन्। सुपादेउराली क्षेत्रलाई दीर्घकालीन रूपमा पर्यटकीय स्थलका रूपमा विकास गर्न योजना बनाइने पनि जनाइएको छ।

May be an image of one or more people, crowd and temple

मन्दिरमा प्राप्त भेटीबाट खाँचीकोट र सीतापुरका दुई माध्यमिक विद्यालय तथा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको पनि जानकारी दिइएको छ।

#सुपादेउराली #अर्घाखाँची #नयाँवर्ष२०८३ #श्रद्धालु #धार्मिकपर्यटन #भजनकीर्तन #लुम्बिनीप्रदेश #गण्डकीप्रदेश #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🙏

 

May be an image of textNepal life insuranceimagesimagesimages