राष्ट्रिय प्रतिबद्धता सार्वजनिक: बालेन सरकारद्वारा २२ पृष्ठको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले शासकीय सुधारको मार्गचित्रसहित २२ पृष्ठ लामो ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरेको छ ।

सरकार गठन भएलगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर ३ लाई कार्यान्वयन गर्दै सरकारले साझा प्रतिबद्धता ल्याएको हो ।

प्रतिबद्धतापत्रको मुख्य जग २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई मानिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै भएको आन्दोलनको परिवेशमा सम्पन्न निर्वाचनपछि १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएको थियो ।

नयाँ सरकारले चैत १३ गते जारी गरेको १०० कार्यसूचीको मर्मअनुसार नै राष्ट्रिय प्रतिबद्धता तयार पारिएको छ । प्रतिबद्धताका विषय कुनै १ दलको मात्र नभई २०८२ फागुन २१ गतेको निर्वाचनमा सहभागी भएर राष्ट्रिय मान्यता प्राप्त गरेका सबै ६ वटा राजनीतिक दलहरूको साझा दस्तावेजका प्रस्तुत गरिएको छ ।

निर्वाचनका क्रममा ६ दलहरूले अघि सारेका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताहरूलाई एकीकृत गरी सरकारले यसलाई साझा स्वामित्वको रूपमा ग्रहण गरेको जनाइएको छ ।

सरकारले राष्ट्रिय प्रतिबद्धतालाई दस्तावेजमा मात्र सीमित नराखी आगामी आर्थिक वर्ष २०८३/८४ र त्यसपछिका वर्षहरूको वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधारका एजेण्डाहरूसँग प्रत्यक्ष रूपमा आबद्ध गर्ने घोषणा गरेको छ । प्रतिबद्धता विभिन्न विषयगत मन्त्रालय तथा निकायहरूले आ–आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी यसलाई कार्यान्वयन गर्ने जनाइएको छ ।

प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय र अनुगमनको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिवलाई दिइएको छ ।

हेर्नुहोस् पूर्णपाठ –

 

#बालेन #राष्ट्रियप्रतिबद्धता #नेपालसरकार #राजनीति #नीतिदस्तावेज #NepalPolitics #BreakingNews #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages