विश्व कला दिवस मनाइँदै

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष अप्रिल १५ मा विश्व कला दिवस मनाउने गरिन्छ ।

यस बर्षको विश्व कला दिवसको विषयवस्तु ‘अभिव्यक्तिको बगैंचा: कला मार्फत समुदायको विकास’ रहेको छ । यो विषयवस्तुले सम्बन्ध, एकता र सामाजिक बन्धनलाई बढावा दिन रचनात्मकताको प्रयोगमा जोड दिएको छ । यसले मानिसहरूलाई एकसाथ ल्याउन सबै रूपहरूमा कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्दछ ।

पहिलो पटक, विश्व कला दिवस २०१२  को अप्रिल १५ मा मनाइएको थियो । त्यस यता हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । पहिले नेपालमा धार्मिक र सांस्कृतिक मान्यताअनुसार जात्रा र पर्व मात्रै मनाउने चलन थियो । हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने परम्पराले प्रधानता पाइरहेको छ । राजनीति तथा भाषा साहित्यका अग्रणी व्यक्तित्वहरूको जयन्ती पनि धुमधामले मनाइन्छ तर विडम्बना, कलासंस्कृतिको प्रचार–प्रसार संवद्र्धनका पक्षमा ठूलो योगदान गर्ने कलासाधकलाई सम्झने संस्कृति विकास भएको छैन ।

सदियौंदेखिका ललितकला विधाका स्रष्टाहरूबारे अध्ययन अनुसन्धान समेत भएको देखिदैन । जसका कारण कला संस्कृति नै हराउँदै जान थालेका छन् । यो अत्यन्त दुःखको कुरा हो । वास्तवमा चित्रकला हुन् वा मूर्तिकला नयाँ पुस्तामाझ जीवित राख्न सक्ने माध्यम हुन् । नेपालको ऐतिहासिकतासँगै बदलिँदो सांस्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो । ति कला नेपाली समाजलाई आमजनमानसमा परिचित गर्नेमात्र होइन अन्तर्राष्ट्रिय समुदायमाझ चिनिने सशक्त माध्यम पनि हुन् ।

images

यस्ता चित्रकला र मूर्तिकला प्रस्फुटन गर्ने कलाकारहरुको आकर्षण दिनप्रतिदिन बढिरहेकै छ । तर उनीहरुले निर्माण गरेका कलाका धरोहर जोगाउन भने मुस्किल बनेको छ । यतिसम्म कि कलाकारका बारेमा कसैले जान्न खोजे, कति मूर्तिकार र चित्रकारहरु नेपालमा छन् भन्ने बारेमा सरकारसँग तथ्यांक समेत छैन । ऐतिहासिक कला र ति कलाकारहरुको संरक्षण गर्ने दिशामा सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने मात्र हरेक वर्ष कला दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

#WorldArtDay #ArtDay #KalaDiwas #Art #Nepal #Culture #Creative #Today #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🎨

images

May be an image of textNepal life insuranceimagesimagesimages