ललितपुरमा साझा बस निःशुल्क चलाउने मेयर महर्जनको प्रश्तावः ‘रातो पुस्तिका’मै बजेट व्यवस्था गर्ने प्रतिवद्धता

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र चल्ने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने प्रश्ताव अघि सार्नुभएको छ ।

साझा यातायातद्वारा सञ्चालित नयाँ रुटको शुभारम्भ कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन यस्तो योजना सुनाउनुभएको हो ।

मेयर महर्जनले साझा यातायातलाई नेपालकै सबैभन्दा सफल र अनुभवी सार्वजनिक यातायात संस्था भएको बताउनु भयो । उहाँले कुनैपनि योजना शुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने बताउनु भयो । हाल दुईवटा रुटमा शुरु गरिएको सेवाको खर्च शुरुवाती तीन महिना साझा यातायातले नै व्यहोर्ने सहमति भएको छ । त्यसपछि भने सम्बन्धित पालिकाहरूले प्रो–र्याटा (दामासाही) आधारमा खर्च व्यहोर्ने प्रावधान छ ।

तर मेयर महर्जनले भने तीन महिनापछि सर्वसाधारणबाट शुल्क लिनुको सट्टा महानगरले नै खर्च व्यहोरेर निःशुल्क बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले साझा यातायातलाई तत्काल खर्चको अनुमानित विवरण उपलब्ध गराउन आग्रह गर्दै आगामी आर्थिक वर्षको बजेट (रातो पुस्तिका) मा ललितपुर महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘साझा यातायात भनेको नेपालमा सार्वजनिक बस सञ्चालनमा सबैभन्दा माहिर र सफल संस्था हो । यसमा काठमाडौँ र ललितपुर जस्ता महानगरहरू जोडिएकाले यसको सफलता सुनिश्चित छ । औंसीमा शुरु गरेर पूर्णिमामा विलाउने काम हुनुहुँदैन, यसले हाम्रो इज्जत जान्छ । यो सेवा कुनै पनि हालतमा रोकिनु हुँदैन र यसलाई सस्टेनेबल (दिगो) बनाउनुपर्छ । विश्वका धेरै मेट्रो सिटी र राजधानीहरूमा सार्वजनिक यातायात निःशुल्क गरिएको छ । हामीले पनि राजधानी क्षेत्रमा यस्तो अभ्यास गर्नुपर्छ । तपाईंहरूले हामीलाई भन्नुस्, हामी बजेट मेकिंग सेसनमा छौँ । ललितपुर महानगरले कति कन्ट्रीब्युसन गर्नुपर्ने हो, त्यो हामी रातो पुस्तिकामा समावेश गर्छौँ ।’

उहाँले साझा यातायातलाई ‘हाई साइड’ (बढी) बजेट माग गर्न सुझाव दिनुभयो । काठमाडौंमा मंगलवार साँझदेखि वाइफाई सेवासहितका रात्रिकालीन बस सेवा शुरु भएको हो । यो सेवाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्नेछ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गर्नुभयो ।

बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले सामान हराउने हुँदैन । गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरुको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पोशाकमा खटाएको छ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages