हर्मुजमा नाकाबन्दी कार्यन्वयन गर्न अमेरिकाले खटायो १० हजार सेना र १२ सैन्य जहाज

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । ओमानको खाडीमा अमेरिकी युद्धपोतले इरानबाट निस्किरहेका दुई वटा तेल ट्यांकरलाई रोकेर फर्किन निर्देशन दिएको छ । ती ट्यांकरहरू इरानको चाबहार बन्दरगाहबाट बाहिरिएका थिए ।

समुद्रमै रहेको अमेरिकी युद्धपोतले रेडियोमार्फत सम्पर्क गरी दिशा परिवर्तन गर्न आदेश दिएको बताइएको छ । ती दुई ट्यांकर अमेरिकाको केन्द्रीय कमाण्डले यसअघि फर्किन भनेका ६ वटा व्यापारिक जहाजमध्येका थिए । त्यसपछि सबै जहाज ओमानको खाडीस्थित इरानी बन्दरगाहतर्फ फर्किएका छन् ।

अमेरिकी सेनाले हर्मुजको जलडमरूमलाई नाकाबन्दी गर्न १० हजारभन्दा बढी सेना र लगभग १२ नौसेना जहाजहरू तैनाथ गरेको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज जलडमरूम पार गर्न सकेका छैनन् । अमेरिकी सैन्य आदेशमा अगाडि बढिरहेका छ वटा व्यापारिक जहाजहरू फर्किएका थिए ।

यो कार्य इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने सबै जहाजहरू जुनसुकै भए पनि सबैमा लागु हुने अमेरिकाले स्पष्ट गरेको छ । यद्यपि, केही मिडिया रिपोर्टहरूले इरानका चार जहाजहरू मंगलबार जलडमरूमबाट पार गर्न सक्षम भएको दाबी गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन् । एक अन्तर्वार्तामा उनले युद्ध लगभग सकिन लागेको संकेत दिएका हुन् । उनको भनाइले छिट्टै युद्धविराम वा शान्ति सम्झौताको सम्भावना बढेको संकेत गरेको छ । तर क्षेत्रीय तनाव भने अझै पूर्ण रूपमा कम भइसकेको छैन र आगामी वार्ता महत्वपूर्ण मानिएको छ । ट्रम्पले इरानमाथिको आक्रमणलाई उचित ठहर गर्दै अमेरिका कारबाही नगरेको भए इरानले परमाणु हतियार बनाइसक्ने दाबी पनि गरेका छन् । साथै, अमेरिका र इजरायलका आक्रमणले इरानलाई ठूलो क्षति पुगेको र पुनः उभिन करिब २० वर्ष लाग्न सक्ने उनको भनाइ छ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages