“सभ्यता र संस्कारयुक्त शिक्षाको सन्देशसहित तुम्कोटको बाल आधारभूत विद्यालयमा ६४औँ वार्षिकोत्सव सम्पन्न (तस्बिर सहित)

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

-केशब पन्थि , अर्घाखाची डटकम।

सभ्यता र संस्कारसहितको गुणस्तरीय शिक्षालाई मुख्य उद्देश्यका रूपमा अघि बढाउँदै आएको बाल आधारभूत विद्यालय, सन्धिखर्क नगरपालिका–१ तुम्कोटले आफ्नो ६४ औँ वार्षिकोत्सव तथा नतिजा प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

May be an image of one or more people and text that says "पसक पविजी कत्ोतु 期間 (" आधारभूत विद्ालय बाल श्री आधारमूत विवि्ाजय नाउरीजिनको ल Bal Basic साशर्रनकवलागिनवारी नागिनगाली नवानि লামি सयों थुगा फुलका हामी रउटे माला नेवाली सावभाम भई फैलिष्टका मेची महाकाली। प्रकृतिका कोटीकोटी सक्पदाको आंचल वीरहरुका रगतले स्वतन्त्र अदल। जानभाम श्ान्तिभूमि तराई पहाटविगालव अ्रसणद प्वारो हामरो मान विशाल चहल जाति. भाघा.धर ย पाल ।गामी राष्ट्र हाम्रा बिंकोत्सव, नतीजा एकाशन विलरण, सम्मान एकम बिदाई कार्यक्रम मितি: ว0๘/ आधे रभूत आरा RIX Prp"

कार्यक्रमले विद्यालयको शैक्षिक उपलब्धि, विद्यार्थीको मेहनत तथा समुदायको साथ–सहयोगलाई उजागर गरेको थियो।

Nepal life insurance

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो। त्यसैगरी सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रमुख योगराज दाहाल, सम्बन्धित वडाका अध्यक्ष माधव प्रसाद श्रेष्ठ, समाजसेवी मोतिजंग रायमाझी, जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख राम प्रसाद पौडेल, सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु आचार्य, पूर्व जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मनिराम पराजुली, वडा सदस्य बाबुराम पन्थी तथा सामाजिक व्यक्तित्व बिष्णु परियार लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of one or more people and text that says "मন্যा गटुष्ट बंगापस्नक धरिजी समाहन संयना विळ्छाद्दान करोतू 위ㅣ आधारमूत বিধ্यালে Bal Basic Sch श्रीर मखर Abeda जीनको लাगি नग्यारीम सचो थंगा फलका हामी उउदै माला नेवाली सार्वभीम भई फंलिषका सेची महाकाली। प्रकृतिका कोीकोटी सस्पदाका औचल बीरहरुका रगतले स्वतन्त्र अदल। जानभुम जन्तिभूमि नराई पहाड हिमाल भ्रस्णद प्यारो हामरो मानभुम नपप संस्कृा वमी राष्ट्र हाम्रा जय जर "." 高10 आधारमूत ពនអ់ក विछ्ालय ချိ बाल မွေသီးာပေသ် ओ वार्षिकोत्सव, नतीजा प्रकाशान तथा पुरस्कार वितरज, सम्सात एਰम बिदाई कार्यक्रम भित: ၃၀၀ခ/၀ 02 साधारभूत विद्ालस आरा 21X သိ ိမ်မြတ பழ் tMIrE 전지리지"

साथै विद्यालयका अक्षयकोष दाता, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।

May be an image of one or more people, temple and text

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा नाटक प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए। उनीहरूको प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जन मात्र नभई शिक्षाप्रतिको प्रेरणा पनि दिएको थियो। कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनुका साथै अनुशासन, नियमितता र अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई समेत प्रोत्साहन गरिएको थियो।

May be an image of one or more people and text

विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले विगत वर्षभरिका शैक्षिक उपलब्धि, चुनौती तथा आगामी योजनाबारे जानकारी गराएका थिए। उनीहरूले विद्यालयलाई अझ व्यवस्थित, प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाउन विभिन्न योजनाहरू अघि सारिएको बताएका थिए।

May be an image of one or more people, temple and text

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद खनालले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षिका सुनिता श्रेष्ठले राख्नुभएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पराजुलीले गर्नुभएको थियो। अध्यक्ष पराजुलीले आफ्नो मन्तव्यमा विद्यालयलाई आगामी दिनमा नमुना विद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालाहरूको सहकार्य र समर्थन आवश्यक रहेको उल्लेख गर्नुभयो।

समग्रमा, उक्त कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै शिक्षाको महत्वलाई थप उजागर गरेको देखिएको छ।  यसले विद्यार्थीहरूलाई अझ मेहनत गर्न प्रेरित गर्नुका साथै अभिभावक र सरोकारवालाहरूलाई शिक्षाको गुणस्तर सुधारमा सहकार्य गर्न उत्साहित बनाएको थियो।

 

May be an image of textNepal life insuranceimagesimagesimages