



काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १४७ रनको लक्ष्य पछाएको बैंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुका लागि विराट कोहलीले ४९ रन बनाए भने कप्तान रजत पाटीदारले २७ र जितेश शर्माले २३ रन बनाएका थिए । त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३ र आभेश खानले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ४०, मुकुल चौधरीको ३९ र आयुष बदानीले ३८ रनको मद्धतले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर रसिक सलामले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्डेयले २ विकेट लिएका थिए ।
यो जितपछि बैंगलुरु ५ खेलमा ८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने लखनउको ५ खेमा ४ अंक रहेको छ ।
#IPL #RCB #Lucknow #Cricket #IPL2026 #RoyalChallengersBengaluru #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🏏🔥



