टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोली चल्यो, ९ विद्यार्थीको मृत्यु

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोलीकाण्ड भएको छ । बुधबार एक माध्यमिक विद्यालयमा १३ वर्षका विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षकसहित ९ विद्यार्थीको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । आक्रमणपछि ती विद्यार्थीले आफैँमाथि पनि गोली प्रहार गरेका थिए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रान्तीय गभर्नर मुकर्रम उनलुएरका अनुसार आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत विद्यार्थी थिए । उनी विद्यालय आउँदा झोलाभित्र पाँच थान हतियार र सात वटा म्यागजिन रहेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार ती हतियार पूर्व प्रहरी अधिकृत रहेका उनका बाबुको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि विद्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अनुसन्धान सुरु गरिएको छ । गभर्नरका अनुसार आक्रमणकारी विद्यालयभित्र छिरेर पाँचौँ कक्षाका विद्यार्थी पढिरहेको दुई कक्षामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । घाइतेमध्ये केहीको शल्यक्रिया भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यसबीच सामाजिक सञ्जालमा आएका भिडियोहरूमा गोली चलिरहेको बेला विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको माथिल्लो तलाबाट हाम फालेको देखिएको छ । न्यायमन्त्री अकिन गुरलेकले घटनाको गम्भीर छानबिन सुरु गरिएको जानकारी दिएका छन् ।

यसअघि मंगलबार पनि टर्कीको सनलिउरफा प्रान्तमा अर्को गोलीकाण्ड भएको थियो । त्यहाँ १८ वर्षका एक युवकले आफ्नो पुरानो विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा १६ जना घाइते भएका थिए । तीमध्ये विद्यार्थी र शिक्षक दुवै थिए । आक्रमणपछि ती युवकले पनि आफैँमाथि गोली प्रहार गरेका थिए । त्यो घटना एक व्यावसायिक उच्च विद्यालयमा भएको थियो । आक्रमणकारी पूर्व विद्यार्थी रहेको र उनले शटगन लिएर विद्यालय पुगेको बताइएको छ । उनले कुनै निश्चित लक्ष्य नछानी गोली चलाएको र पछि विद्यालयभित्र लुकेर बसेको जनाइएको छ । उक्त घटनामा १० विद्यार्थी, ४ शिक्षक, एक क्यान्टिन कर्मचारी र एक प्रहरी अधिकारी घाइते भएका थिए। प्रहरीले विद्यालयलाई घेरेर विशेष कारबाही थालेको थियो। आक्रमणकारीले आत्मसमर्पण गर्न अस्वीकार गरेपछि कारबाहीका क्रममा उनले आफैँमाथि गोली चलाएका थिए । लगातार दुई दिन विद्यालयमा भएका यी घटनाले टर्कीमा सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता बढाएको छ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages