अर्घाखाँची- सन्धिखर्क–७ मा सात दिने ब्युटिसियन तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बन्ने प्रेरणा (तस्बिर सहित)

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

– अनिल नेपाली, अर्घाखाँची डट्कम।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा आयोजित सात दिने ब्युटिसियन सम्बन्धी तालिमको आज समापन गरिएको छ। महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

May be an image of studying and text

समापन कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष चुरा बहादुर केसीले महिलाहरू आत्मनिर्भर बन्नका लागि सीप अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले सीपमूलक तथा व्यावसायिक तालिमहरूलाई निरन्तरता दिँदै महिलाहरूलाई व्यवसायिक बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

May be an image of one or more people and text

वडा अध्यक्ष केसीले महिला दिदीबहिनीहरूलाई लक्षित गरी सात दिने ब्युटिसियन तालिमको आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइ स्व–रोजगार तथा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आफूहरू लागिरहेको बताउनुभयो।

May be an image of text

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपाने, प्रशिक्षक मन्जु केसी तथा प्रशिक्षार्थी लक्ष्मी सुवेदी भट्टराईले मन्तव्य राख्दै महिलाहरूले स्वरोजगार तथा आत्मनिर्भर बन्न विभिन्न सीपहरू सिक्न आवश्यक रहेकोमा जोड दिनुभयो।

May be an image of one or more people, people studying and text

कार्यक्रममा वडा सदस्य डुकलाल पोखरेल, मीना ज्ञवाली, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द विक, सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of one or more people and text

कार्यक्रमको सञ्चालन वडा सचिव सीता बिसी पराजुलीले गर्नुभएको थियो। आयोजकले आगामी दिनमा पनि महिलाहरूको क्षमता विकास तथा आयआर्जन वृद्धि गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

#Arghakhanchi #Sandhikharka #Beautician #Women #Local #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

तस्बिरमा: 

May be an image of one or more people, people studying and text

May be an image of studying and text

May be an image of one or more people and text

May be an image of studying and text

May be an image of text

May be an image of text

May be an image of one or more people and text

May be an image of one or more people, people studying and text

May be an image of studying and text

#Arghakhanchi #Sandhikharka #BeauticianTraining #WomenEmpowerment #LocalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages

अन्य समाचारहरु