



-अनिल नेपाली , अर्घाखाँची डट्कम ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा युवाहरूका लागि सञ्चालन गरिएको ३९० घण्टे टायल–मार्बल फिटर सम्बन्धी तालिम सम्पन्न भएको छ।

स्थानीय युवाहरूलाई स्वरोजगार, आत्मनिर्भर तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रममा सहभागीहरूले सीपमूलक तालिमको महत्वमा जोड दिएका छन्।


कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष चुरा बहादुर केसीले युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने खालका सीप अत्यावश्यक रहेको बताउनुभयो। उहाँले युवाहरूले सिकेको सीपलाई व्यवहारमा उतारी व्यवसायिक दक्ष उद्यमी बन्न आग्रह गर्नुभयो।

अध्यक्ष केसीले यस्ता तालिमहरूले जीवनयापन, आत्मनिर्भरता र स्वरोजगारमा महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा खाँचीकोट स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द विक, प्रशिक्षार्थी फर्स बहादुर नेपाली लगायतले मन्तव्य राख्दै सीपमूलक तालिमले दैनिक जीवनयापन सहज बनाउने र व्यवहारिक दक्षता वृद्धि गर्ने बताएका थिए।


घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्प्युटर अपरेटर हुम बि. बि. ले सञ्चालन गर्नुभएको थियो।

वडाका करिब १५ जना युवाहरू, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
तस्बिरमा:



#Sandhikharka #Arghakhanchi #Training #SkillDevelopment #YouthEmpowerment #SelfEmployment #TileMarbleFitter #LocalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



