युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो ।  यस सिजनको युरोपा लिगमा एस्टन भिल्ला, एससी फ्रेइबर्ग, नोट्टीङघम फरेस्ट र ब्रागा पुगेका छन् ।

पोर्चुगलको क्लब ब्रागाले स्पेनिस क्लब रियल बेटिसलाई समग्रमा ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने जर्मनीको क्लब एससी फेईबर्गले स्पेनिस क्लब सेल्टा भिगोलाई समग्रमा ६-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । अब सेमिफाइनलमा ब्रागा र एससी फेईबर्गबीच खेल हुने छ ।

त्यस्तै इङलिश प्रिमियर लिग क्लब एस्टन भिल्लाले इटालियन क्लब बोलोग्नालाई समग्रमा ७-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने प्रिमियर लिग क्लब नोट्टीङघम फरेस्टले पोर्चुगीच क्लब पोर्टोलाई समग्रमा २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा एस्टन भिल्ला र नोट्टीङघम फरेस्ट खेल्ने छन् ।

युरोपा लिगका सेमिफाइनलको पहिलो लिग अप्रिल ३० र दोस्रो लिग मे ७ मा हुने तालिका रहेको छ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages