मातातीर्थ औंशी विशेष: आमा (कविता)

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

ईश्वर पोखरेल

आमा हुँ

मलाई भोक थाहा छ

जिमिन्दारको खेतमा धान रोप्दारोप्दै

म धेरैचोटि तँलाई दूध चुसाउन

आँखा छलेर भागेकी छु ।

धेरै पटक धान रोप्दा रोप्दै

रोपाहारले थकाई मार्न बस्दा

तँलाई लिटो पकाउन/ख्वाउन

म घरतिर दौडेकी छु ।

तँ नहुर्किउन्जेल

म त बौलाएँछु कि क्या’ हो!

न मलाई थकाई लाग्थ्यो

न भोक लाग्थ्यो

तैले ‘च्याँ..’ गर्दा

मेरो निन्द्रा नाथे

कता भाग्थ्यो; भाग्थ्यो!!

कसैले सोधेन;

सोधेको भए भन्ने थिएँ-

मलाई स्वर्ग नदिए पनि हुन्छ

मलाई मेरो नानी काखमा राखेर

उसको थोते मुस्कानमा हराउन दिए हुन्छ ।

आमा हुँ

मलाई मनको मनसंगको

सम्बन्ध पनि थाहा छ ।

मातातीर्थ औसीमा

तैले ल्याएको मिठाई खाएर त म

तैले आफ्नो मन नदुखाएस् भनेर

खुशी भई दिएकी हुँ; बाबु!

म सधै खुशी हुन

तेरो मनले मलाई माया गर्नु पर्छ ।

मेरो एक्लोपन र मेरो रोगी अनुहार

सधै तेरो आँखामा नाँच्नु पर्छ ।

May be an image of textNepal life insuranceimagesimagesimages