होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजका लागि खुला गर्ने इरानको निर्णयको राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इरानद्वारा होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला गरिएको घोषणाको स्वागत गर्नुभएको छ । इजरायल र लेबनानबीच भएको युद्धविराम अवधिभरका लागि इरानले यो निर्णय गरेको उहाँका प्रवक्ताले जानकारी दिनुभएको  छ ।

महासचिवका प्रवक्ता स्टेफन दुजारिकले एक विज्ञप्ति जारी गर्दै महासचिवले यस कदमलाई सही दिशामा चालिएको सकारात्मक कदमको रूपमा लिएको बताउनुभएको छ ।

राष्ट्रसंघको अडान स्पष्ट रहेको उल्लेख गर्दै उहाँले होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय जल यातायातको अधिकार र स्वतन्त्रतालाई सबै पक्षले पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । महासचिवले वर्तमान द्वन्द्व समाधानका लागि भइरहेका कुटनीतिक प्रयासहरूको पूर्ण समर्थन गर्नुभएको छ ।

यो कदमले युद्धविरामसँगै पक्षहरूबीच विश्वासको वातावरण सिर्जना गर्ने र पाकिस्तानद्वारा सहजीकरण भइरहेको संवादलाई थप मजबुत बनाउने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र लेबनान १० दिने युद्धविरामका लागि सहमत भएको घोषणा गर्नुभएको थियो ।

सोही घोषणाको भोलिपल्ट इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत युद्धविराम अवधिभर होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहने जानकारी दिनुभएको हो ।

#इरान #होर्मुजजलडमरूमध्य #संयुक्तराष्ट्र #महासचिव #अन्तर्राष्ट्रियसम्बन्ध #समुद्रीव्यापार #ऊर्जासुरक्षा #मध्यपूर्व #विश्वसमाचार #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages