अमेरिकी–इरानी वार्ताअघि पाकिस्तानमा सुरक्षा व्यवस्था मजबुत

 

पाकिस्तानले अमेरिका र इरानबीच हुन लागेको दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा आफ्नो राजधानी इस्लामावाद र छिमेकी ग्यारिसन शहर रावलपिंडीलाई उच्च सुरक्षा शतर्कतामा राखेको छ । प्रहरी स्रोतकाअनुसार २ क शहरभरि करिव २० हजार प्रहरी कर्मचारीहरू तैनाथ गरिएका छन् ।

यसमा सयौं कुलीन कमाण्डोहरू र स्नाइपरहरू समेत सामेल छन्, जसलाई संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ । पञ्जाब हाइवे पेट्रोल, डल्फिन फोर्स र क्विक रेस्पोन्स युनिटका टोलीहरूलाई पनि अलर्टमा राखिएको छ । ‘सेफ सिटी’ क्यामेरा र भवनका छतहरूबाट स्न्याइपरहरूले चौबीसै घण्टा निगरानी गरिरहेका छन् ।

मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यले अमेरिका र इरानबीच हुन लागेको यो दोस्रो चरणको वार्ता हो । यसअघि भएको पहिलो चरणको वार्ताको समयमा पनि यस्तै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । सुरक्षा अधिकारीहरूले बताएअनुसार, सुरक्षा समन्वयका लागि अमेरिकाबाट विशेष सुरक्षाकर्मीसहितको अग्रिम टोलीहरू पाकिस्तान आइपुगिसकेका छन् ।

सुरक्षा योजनाको हिस्साका रूपमा अधिकारीहरूले रावलपिंडी र इस्लामावादमा सबै सार्वजनिक र मालवाहक यातायातको आवागमन निलम्बन गरेका छन् । साथै, अति उच्च सुरक्षा क्षेत्र मानिने ‘रेड जोन’ का अधिकांश प्रवेशद्वारहरू सिल गरिएको छ ।

सरकारले सुरक्षाको कारण देखाउँदै प्रमुख होटेलहरूका कोठाहरू पनि नियन्त्रणमा लिएको छ । सेरेना होटेल र मेरियट होटेल जस्ता ठूला होटेलहरूका पाहुनालाई कोठा खाली गर्न भनिएको छ । यसका साथै राजधानीका होस्टेल र गेस्ट हाउसहरूलाई अर्को सूचना नभएसम्म बन्द गर्न निर्देशन दिइएको छ ।

 

Nepal life insuranceimagesimagesimages