


पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले आईतवार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

उहाँले क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्ने उद्देश्यले विद्यमान समस्याहरूको समाधानका लागि निरन्तर संवाद र सहकार्य आवश्यक भएकोमा जोड दिनुभएको छ ।

अमेरिकार र इजरायलसँगको युद्ध अन्त्य गर्न पाकिस्तानले समन्वयकारी भुमिका निभाउँदै आएको छ । पहिलो चरणको वार्ता असफल भएपनि दोस्रो चरणको वार्ताको तयारी भइरहेको छ ।



