जापानी प्रधानमन्त्री ताकाइचीद्वारा संविधान संशोधन प्रयासको विरोधमा टोकियोमा ३६ हजार प्रदर्शनकारीहरूद्वारा प्रदर्शन

 

जापानी प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयासको विरोध गर्न र धारा ९ को रक्षाको माग गर्दै टोकियोस्थित संसद भवन वरपर दशौँ हजार जापानी नागरिकहरू भेला भएका छन् । आयोजकहरूकाअनुसार उक्त ¥यालीमा करिव ३६ हजार मानिसहरू सहभागी थिए ।

गत अप्रिल ८ पछि संविधान संशोधनको विरुद्धमा नेसनल डाइट (संसद) भवन नजिकै ३० हजार भन्दा बढी मानिसहरू भेला भएको यो दोस्रो ठूलो प्रदर्शन हो । प्रदर्शनकारीहरूले युद्धलाई नाइँ धारा ९ लाई कमजोर नबनाऊ र ताकाइची पदत्याग गर लेखिएका प्लेकार्डहरू बोकेर जापानको शान्तिवादी संविधानको रक्षा गर्न माग गरेका थिए ।

सन् १९४७ मा लागू भएको जापानको संविधानलाई प्रायः शान्तिवादी संविधान भनिन्छ । किनभने यसको धारा ९ ले युद्धलाई सार्वभौम अधिकारको रूपमा त्यागेको छ र जापानलाई सैन्य बल जस्ता युद्ध क्षमता राख्न निषेध गरेको छ ।

यद्यपि, ताकाइची र जापानका दक्षिणपन्थी शक्तिहरूले लामो समयदेखि धारा ९ संशोधन गर्न खोजिरहेका छन् । अप्रिल १२ मा भएको एलडिपीको महाधिवेशनमा ताकाइचीले संविधान संशोधन गर्नेसमय आएको घोषणा गर्दै आफूहरुले अर्को वर्षको महाधिवेशन संविधान संशोधनको प्रश्तावलाई दृष्टिगत गर्दै आयोजना गर्न चाहेको बताउनु भयो । उहाँले व्यक्त गरेको यो नयाँ दृढ संकल्पले जापानी समाजमा व्यापक चिन्ता र आलोचना पैदा गरेको छ ।

#Japan #Tokyo #Protest #Constitution #Takaiichi #Politics #Democracy #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages