जोर्डनका राजा र फिनल्याण्डका राष्ट्रपति बीच अम्मानमा भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सम्बन्धमा जोड

 

रोयल हासेमाइट कोर्टद्वारा जारी विज्ञप्तिअनुसार जोर्डनका राजा अब्दुल्लाह द्वितीय र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले अम्मानमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र क्षेत्रीय संकटप्रति समन्वयात्मक प्रतिक्रिया जनाउने विषयमा वार्ता गर्नुभएको छ ।

क्षेत्रीय स्थिरताका बारेमा चर्चा गर्दै राजाले युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविराम कायम राख्नुपर्नेमा जोड दिनुभयो । तनाव कम गर्न थप कुटनीतिक पहलहरूका लागि आग्रह गर्नुभयो । लेबनानको स्थितिबारे बोल्दै उनले युद्धविरामले इजरायली आक्रमणको अन्त्य गर्नुपर्ने र लेबनानको सार्वभौमसत्ताको रक्षा हुनुपर्ने जर्डनको अडान दोहो¥याउनु भयो ।

राजाले जेरुसेलम, गाजा र वेस्ट बैंकमा ‘नयाँ तथ्यहरू थोपर्न’ क्षेत्रीय परिस्थितिको फाइदा उठाउने इजरायली प्रयासहरूलाई रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो । उहाँले यस्ता कदमहरूले शान्तिको सम्भावनालाई धरापमा पार्ने र यस क्षेत्रलाई दीर्घकालीन द्वन्द्वमा धकेल्ने चेतावनी समेत दिनुभयो ।

दुई देशबीच ६० वर्षभन्दा लामो समयदेखि स्थिर सम्बन्ध रहेको उल्लेख गर्दै राजाले राष्ट्रपतिको यस भ्रमणलाई शिक्षा र प्रविधिका क्षेत्रमा नयाँ सहकार्यका सम्भावनाहरू पहिचान गर्ने रणनीतिक अवसरको रूपमा व्याख्या गर्नुभयो ।

राष्ट्रपति स्टबले दुवै राष्ट्रले उस्तै प्रकृतिका सुरक्षा चुनौतीहरूको सामना गरिरहेको बताउँदै समाधानमुखी शान्ति मध्यस्थतामार्फत स्थिरता प्राप्त गर्ने साझा प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

#Jordan #Finland #Amman #Diplomacy #Meeting #RegionalStability #BilateralRelations #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages