


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा नाकाबन्दी छल्न खोज्ने इरानी झण्डा भएको कार्गो जहाज नियन्त्रणमा लिएको घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानको खाडीमा अमेरिकी सेनाले एउटा इरानी कार्गो जहाजलाई नियन्त्रणमा लिएको बताउनुभएको हो ।

टुस्का नामको झन्डै ९ सय फिट लामो यो जहाजले नाकाबन्दी तोड्ने प्रयास गरेको थियो ।

अमेरिकी युद्धपोतले चेतावनी दिँदा नमानेपछि इन्जिन कोठामा प्वाल पारेर जहाज रोकिएको र अहिले अमेरिकी मरीनहरूको नियन्त्रणमा रहेको ट्रम्पले जानकारी दिनुभयो ।

इरानले यसको बदलामा अमेरिकी जहाजहरूमाथि आक्रमण गरेको समाचारहरू आएका छन् ।
#USA #Iran #GulfOfOman #CargoShip #Maritime #Security #BreakingNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



