हंगेरीका म्याग्यारद्वारा ईयूसँग छिटो सम्झौताको प्रयास, रोक्का कोष निकासा गर्ने लक्ष्य

 

हंगेरीको टिस्जा पार्टीका नेता पिटर म्याग्यारकाअनुसार उनीहरूको नयाँ सरकारले रोक्का भएको युरोपेली संघ (ईयू) कोष निकासा गर्न छिटो काम गरिरहेको छ । अप्रिल १२ को संसदीय निर्वाचनमा टिस्जा पार्टीले १९९ सदस्यीय नेसनल एसेम्बलीमा १४१ सिट जितेर ठूलो विजय हासिल ग¥यो ।

जसले म्याग्यारको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खोल्यो । बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै म्याग्यारले उनको टोलीले तीन महिनाभित्र ईयूका प्रमुख आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको बताउनु भयो ।

भ्रष्टाचार विरोधी उपायहरू, मिडिया स्वतन्त्रता र न्यायिक स्वतन्त्रता जस्ता क्षेत्रमा युरोपेली आयोगको अपेक्षा अनुसार हंगेरी अघि बढ्ने म्याग्यारले बताउनु भयो । म्याग्यारले थपे कि उनले मे १५ देखि मे २० को बीचमा युरोपेली आयोगसँग राजनीतिक सम्झौता निष्कर्षमा पुर्याउने योजना बनाउनुभएको छ । उहाँले ईयू कोषको फिर्तीलाई हंगेरीको अर्थव्यवस्था स्थिर गर्न र लगानीकर्ताको विश्वास पुनः प्राप्त गर्न आवश्यक भएको बताउनु भयो ।

युरोपेली आयोगले सोमवार नै उच्चस्तरीय प्रतिनिधिमण्डलले अप्रिल १७–१८ मा बुडापेस्टमा हंगेरीको आउँदो सरकारका प्रतिनिधिहरूसँग प्राविधिक बैठकहरू गरेको जनाएको थियो । आयोगकाअनुसार यी छलफलहरू कानूनी शासन र भ्रष्टाचार सम्बन्धी चिन्ताका कारण रोक्का गरिएका ईयू कोषहरू निकासा गर्नेतर्फ व्यावहारिक कदमहरू खोजी गर्ने प्रारम्भिक अवसर थिए । दुवै पक्ष यस मुद्दामा प्रगति गर्न थप कामको आवश्यकता पर्नेमा सहमत भएका छन् ।

 

#Hungary #EU #Negotiation #Funding #Politics #EuropeanUnion #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages