


काठमाडौं, ८ बैशाख । अमेरिकी उपराष्ट्रपति जेडी भान्स चाँडै नै पाकिस्तानको लागि प्रस्थान गर्नेछन्। उनले युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न इरानसँग वार्ता गर्ने जनाएका छन्।

अमेरिकी वेबसाइट एक्सियोसका अनुसार इरानी प्रतिनिधिमण्डलसँगको उनको वार्ता बुधबार हुदैँछ । उपराष्ट्रपति भान्ससँगै विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि इश्लामावाद पुग्दैछन । उनीहरू युद्धविरामको म्याद सकिन लागेको बेला पाकिस्तान पुग्न लागेका हुन्र ।

अप्रिल २२ मा समाप्त हुने तय भएको युद्धविराम ट्रम्पले एक दिनको लागि बढाएका छन्। यसैबीच, इरानी मिडियाका अनुसार, अमेरिकासँग वार्ता गर्न अहिलेसम्म कुनै पनि इरानी प्रतिनिधिमण्डल पाकिस्तान गएको छैन। इरानको संसदका सभामुख तथा प्रमुख वार्ताकार गालिबाफ, विदेशमन्त्री अराघची र उनका उपप्रमुख इरानमै छन्।
इरानको सरकारी टेलिभिजनले मंगलबार इरानी टोली वार्ताका लागि गएको भन्ने रिपोर्टलाई खारेज गरेको छ।



