सन्धिखर्क–७ मा प्रथम अध्यक्ष कप भलिबल भव्य रूपमा सम्पन्न, सितगंगा–२ को शानदार जित

 

-अनिल नेपाली ,अर्घाखाँची डट्कम ।

अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडा नं ७ मा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ।

May be an image of one or more people and text

१६ वटा टिमको प्रतिस्पर्धा रहेको उक्त प्रतियोगितामा सितगंगा नगरपालिका वडा नं २ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।

May be an image of one or more people and text

त्यसैगरी, भूमिकास्थान नगरपालिका वडा नं १० ले दोस्रो स्थान र ब्यूठान जिल्लाको झिमरूक गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेका छन्। प्रतियोगिताभर टिमहरूले उच्च स्तरको खेल कौशल, अनुशासन र प्रतिस्पर्धात्मक भावना प्रदर्शन गरेका थिए।

May be an image of one or more people and text

प्रतियोगितामा अनुशासित खेलाडीको रूपमा सितगंगा–२ का सुमन क्षेत्रीलाई घोषणा गरिएको छ भने उत्कृष्ट खेलाडीको उपाधि भूमिकास्थान–१० का निरज भुसालले प्राप्त गरेका छन्।

images

May be an image of one or more people and text

फुदबाङ्ग युवा समाजका अध्यक्ष नवीन क्षेत्रीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई रु ३३,३३३, द्वितीयलाई रु २२,२२२ र तृतीयलाई रु ११,१११ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

images

May be an image of one or more people and text

बैशाख ६ गते उद्घाटन गरिएको प्रतियोगिता सन्धिखर्क नगरपालिका वडा नं ७ को आयोजनामा तथा फुदबाङ्ग युवा समाजको सहआयोजनामा सम्पन्न भएको हो।

images

May be an image of one or more people, people playing American football, people playing football, grass and textimages

प्रतियोगिता अवधिभर दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

May be an image of one or more people and motorcycle

विजेता टिमलाई पुरस्कार वितरण गर्दै वडा नं ७ का अध्यक्ष चुरा ब. केसीले खेलकुदले युवाहरूमा अनुशासन, एकता र राष्ट्र निर्माणको भावना विकास गर्ने बताउँदै खेल क्षेत्रको विकास नै समग्र समाजको विकाससँग जोडिएको धारणा व्यक्त गर्नुभयो।

Nepal life insurance

May be an image of one or more people and text

स्थानीय वडा सदस्य, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतियोगिता सफल र रचनात्मक रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

 

Nepal life insuranceimagesimagesimages