पाणिनी गाउँपालिकामा निर्माण व्यवसायीसँग कार्यप्रगति छलफल, समयमै काम सम्पन्न गर्न कडा निर्देशन (तस्बिर सहित )

पाणिनी गाउँपालिकामा निर्माण व्यवसायीसँग कार्यप्रगति छलफल, समयमै काम सम्पन्न गर्न कडा निर्देशन


अर्घाखाँची, पाणिनी। आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेटअनुसार ठेक्का सम्झौता भएका निर्माण कार्यको प्रगति समीक्षा गर्न पाणिनी गाउँपालिकाले निर्माण व्यवसायीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

May be an image of studying and text that says "पाणिनी ा.अबिक वर्प ૮રા૮३ का ठेक्का कार्य प्रभाति विवरण CN 40 पसा्र्री"

पाणिनी गाउँपालिका भर सञ्चालनमा रहेका भौतिक पूर्वाधार योजनाहरूको कार्यप्रगति, समस्या र समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, पूर्वाधार विकास समिति, प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा, स्वास्थ्य शाखा तथा आन्तरिक लेखा परीक्षण शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

May be an image of one or more people and people studying

पूर्वाधार समिति संयोजक गुनाखर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पूर्वाधार शाखा प्रमुख उमानाथ पौडेलको सञ्चालनमा भएको थियो। गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्राविधिक उपेन्द्र पाण्डेले सहजीकरण गर्नुभएको थियो।

May be an image of text that says "पाणिनी गॉउपलिका आ.व. आ. २०८२-८३ विनियोजित बजेट अनुसार ठेक्का सम्झौता भएका निर्माण व्यवसायी संग छलफल मिति: २०८३/०१/०९ समय: बिहान ११ बजे स्थान: गाउँकार्यपलिकाको कार्यालय आयोजक संस्था: पाणिनी गाउपालिका, अर्घाखांची"

आर्थिक प्रशासन शाखा प्रमुख मोहन खनालले समयमै काम सम्पन्न गरी भुक्तानी प्रक्रियामा सहज वातावरण बनाउन आग्रह गर्दै प्रशासनिक पक्षबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। पूर्वाधार शाखा प्रमुख पौडेलले पनि शाखाबाट निरन्तर सहयोग रहने बताउनुभयो।

May be an image of studying and text

गाउँपालिका अध्यक्ष न्यौपानेले कुनै पनि निर्माण कार्यमा ढिलाइ स्वीकार्य नहुने स्पष्ट पार्दै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो।

May be an image of one or more people, people studying and text

निर्माण व्यवसायीहरूले भने पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ठूला मेसिन सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका थिए।

(तस्बिर ): 

May be an image of one or more people and people studying

May be an image of studying and text

May be an image of one or more people, people studying and table

May be an image of one or more people, dais and text

May be an image of one or more people

May be an image of one or more people and people studying

May be an image of one or more people, people studying, table and text

May be an image of text

May be an image of studying and text

May be an image of text

#पाणिनी #अर्घाखाँची #विकास #निर्माण #पूर्वाधार #गाउँपालिका #नेपाल #बैठक #समाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages

 

अन्य समाचारहरु