


अमेरिकी नौसेना सचिव जोन सी. फेलानले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिनुभएको छ । पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधवार सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

प्रवक्ता पार्नेलले यसबारे कुनैपनि स्पष्ट कारण नखुलाइकनै यो अचानकको निर्णयबारे जानकारी दिनुभएको हो ।
नौसेनाका उपसचिव हंग काओले निमित्त सचिवको रूपमा कार्यभार सम्हाल्ने छन् ।

यो घोषणा यस्तो समयमा आएको छ जब अमेरिकी नौसेनाले इरानसँगको युद्ध विरामको समयमा ‘स्ट्रेट अफ हर्मुज’ नजिकैका इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरिरहेको छ । नौसेना सचिव एक नागरिक पद हो, जसले नौसेना विभागको नीति, प्रशासन, बजेट र समग्र तयारीको जिम्मेवारी सम्हाल्छ । रक्षा सचिव पीट्स हेगसेथले पेन्टागनको नेतृत्व सम्हालेदेखि धेरै वरिष्ठ सैन्य अधिकारीहरूलाई पदमुक्त गरेका छन् ।

अप्रिलको शुरुमा, उनले इरान–अमेरिका युद्धका बीच अमेरिकी सेनाका चीफ अफ स्टाफ जनरल रान्डी जर्ज र अन्य दुई जर्नेललाई बर्खास्त गरेका थिए । फेलानको बहिर्गमनको कारण अझै स्पष्ट छैन । एक दिन अघि मात्र, उनले वाशिंगटन डिसीको बाहिर आयोजित एक प्रमुख वार्षिक समुन्द्री सम्मेलन, ’नेभी लिगको वार्षिक सी एयर स्पेस सम्मेलन’ लाई सम्बोधन गरेका थिए ।
#अमेरिका #नौसेना #जोनफेलान #राजीनामा #राजनीति #सेना #अन्तर्राष्ट्रिय #समाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



