स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीद्धारा राष्ट्रिय पोशाक दौरा-सुरुवाल नै भएको उल्लेख


 

काठमाडौं – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले हाम्रो राष्ट्रिय पोशाक दौरा-सुरुवाल नै भएको बताएका छन्। उनले जातीय आधारमा मात्र सङ्घीयता भयो भने त्यसले देशलाई विखण्डनतिर लैजाने पनि बताए। र, भने- सङ्घीयता र जातीय अग्राधिकार सधैंका लागि हुन सक्दैन।

 

क्षत्री समाज नेपालको प्रतिवेदन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले भने- टाई-कोट, भोटो-कछाड, कुर्ता-सुरुवाल ठाउँ विशेषका पोशाक हुन, राष्ट्रिय पोशाक हैनन्, राष्ट्रिय पोशाक दौरा-सुरुवाल नै हो। उनले क्षत्री जति एक ढिक्का हुनुपर्ने धारणा पनि राखे। यसो भएमात्र क्षत्रीमा तागत हुने उनले बताए। सङ्घीयता सधैंका लागि हैन भन्दै उनले क्षत्रीको सामर्थ्य र पहिचान छैन भन्ने प्रश्न पनि गरे।

जातीय अग्राधिकार पनि सधैंका लागि नहुने उनको भनाई छ। उनले हरेक क्षेत्रमा क्षत्रीले नेतृत्व लिनुपर्ने बताउँदै क्षत्रीमाथि अन्याय भए प्रतिरोध गर्न पनि आह्वान गरे।

 

क्षत्री जातिलाई आदिवासीमा सूचीकृत गर्नका लागि गठीत अध्ययन कार्यदलद्धारा आफ्नो प्रतिवेदन

 

मन्त्री रायमाझीलाई क्षत्री समाजको प्रतिवेदनक्षत्री जातिलाई आदिवासीमा सूचीकृत गर्नका लागि गठीत अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन आज स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीलाई बुझाएको छ । क्षत्री समाज नेपालले राजधानीमा वृहत भेला आयोजना गरी प्राध्यापक दिलबहादुर क्षत्रीको नेतृत्वमा गठीत कार्यदलले तयार पारेको प्रतिवेदन मन्त्री रायमाझीलाई बुझाएको हो । प्रतिबेदनमा खस क्षत्री समुदायलाई अन्य जातीमा राख्दा अन्याय हुने ठहर गर्दै उनीहरुलाई आदिवासीमा सूचीकृत गर्न सिफारिस गरेको छ । प्रतिबेदन बुझ्दै स्थानीय विकास मन्त्री रायमाझीले खस क्षत्रीलाई माओवादी पार्टीले आर्य खस जाती मानिसकेको भन्दै सरकारको तर्फबाट पनि खस क्षत्रीलाई आर्य खस जातीको मान्यता दिलाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाउनु भयो । जातीय संघीयताले देश टुक्रन सक्ने भन्दै उहाँले क्षत्री समुदायमाथि अन्याय भए प्रतिरोध गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि किसिमको संघीयता देशका लागि घातक हुने भन्दै विभिन्न विदेशी शक्तिहरुले नेपालीहरुलाई जुधाएर नेपालको अस्तित्व नै समाप्त गर्न खोजेको जिकीर गर्नुभयो । यसैगरी नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले कहिल्यै पनि जातीय राज्य स्वीकार नगर्ने भन्दै कुनैपनि जातीलाई पाखा लगाउन नपाइने बताउनु भयो । यस्तै एमाले नेता भीम रावल, राप्रपाका महामन्त्री दीपक बोहोरा लगायतले मुलकुको सवैभन्दा ठूलो जनसंख्यालाई अन्य जातिमा राखेर हदै सम्मका अन्याय गरिएको बताउनु भयो । यसअघि राजधानीको खुलामञ्चबाट विभिन्न झाँकीसहित शुरु भएको क्षत्री समाजको -याली रत्नपार्क, पुतलीसडक हुँदै सभा गृहमा पुगेको थियो ।

 

देशभैभरीबाट राजधानीमा जम्मा भएका -यालीका सहभागीहरुले जातीय राज्य चाहिंदैन